पोखरीमा डुबेर पाँच वर्षीय बालककाे मृत्यु

मङ्लबार, असार २, २०७७



रामेछाप । खाँडादेवी गाउँपालिका-५ पात्लेपानी बस्ने नारायण श्रेष्ठको छोरा ५ वर्षीय निशान श्रेष्ठको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने लानम दोर्जे लामाले आफ्नै बारीमा सिंचाईको लागि बनाएको पोखरीमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments