आफैले चलाएको गाडी दुर्घटनामा परि गाउँपालिका अध्यक्षको मृत्यु

आइतवार, जेष्ठ ३२, २०७७



काठमाडौं । आफैले चलाएको गाडी दुर्घटनामा परि नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।
आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम परासी जाँदै गर्दा उनको बर्दघाटमा दुर्घटनामा  परि मृत्यु भएको हो ।

सडकमा साइकलयात्रीलाई जोगाउन खोज्दा अध्यक्ष शर्माको गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका शर्माको चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments