बाजुराको क्वारेन्टाइनमा ६५ वर्षीय वृद्धको मृत्यु

शनिबार, जेष्ठ २४, २०७७



काठमाडौं । बाजुराको आइसुलेसनमा बसेका ६५ वर्षीय बृद्धको मृत्यु भएको छ ।

जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ स्थित गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो । जेठ १५ गते भारतबाट आएका उनको शुक्रबार साँझदेखि खाना नखाएका उनको राति मृत्यु भएको वडा नम्बर ७ का वडा अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र यही जेठ १५ गते मात्र गाउँ आएका थिए । उनको स्वाब संकलन गरि धनगढी पढाउने र शवको नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments