जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

शुक्रबार, जेष्ठ २३, २०७७



काठमाडौं । जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

शुक्रबार चन्दननाथ नगरपालिका वडा नम्बर ८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टाइनमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिल्ला बाहिरबाट आएको र उनलाई दमको रोग भएको जनाइएको छ ।

उनको स्वाब लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली पनि घटनास्थलतर्फ जान लागेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments