दार्चुलामा पहिरोमा परेर एक जनाकाे मृत्यु

बिहिबार, जेष्ठ २२, २०७७



दार्चुला । मालिकार्जुन गाउँपालिका-४ चिउरानी बस्ने ६० वर्षीया बिरमा धामीको सोही ठाउँस्थित क्याम्पस रोडमा गिट्टी संकलन गर्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा च्यापिएर बुधबार दिउँसो मृत्यु भएको छ ।

धामी पहिरोमा च्यापिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी शंकर पस्तिबाट खटिएको प्रहरीले उनलाई उद्दार गरी उपचारको लागि गोकुलेश्वर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments