भिरबाट खसेको ढुंगा लागेर मृत्यु

मङ्लबार, जेष्ठ २०, २०७७



हुम्ला । ताजाकोट गाउँपालिका-५ मदाना दलितवाडा बस्ने पाठे नेपालीको छोरी १५ वर्षीया आच्थ नेपालीको घरदेखि करिब ३ सय मिटर पर चौखुट्टे भिरबाट खसेको ढुङगा लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

भिरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी उनलाई सोही ठाउँस्थित मदाना स्वास्थ्य चौकी हुम्लातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments