बाजुरामा आइसोलेसनमा भर्ना भएकी दुई वर्षीया बालिकाको मृत्यु

आइतवार, जेष्ठ १८, २०७७



फायल तस्विर

काठमाडौं ।जिल्ला अस्पताल बाजुरामा आइसुलेसनमा भर्ना भएकी दुई वर्षीया बालिकाको ज्यान गएको छ ।

बुढिगंगा नगरपालिका १ बस्ने दुई वर्षीया बालिकाको जेठ १८ गते राती २.३० बजे निधन भएको डा. रुपचन्द्र विश्कर्माले जानकारी दिएका छन ।

मृतक बालिकाका आमा बुबा ८ दिन अघि भारतबाट आएको र उनलाई यात्राकै क्रममा उच्च ज्वरो,श्वासप्रश्वास कठिनाई,झाडा, पखाला बान्ता हुने जस्ता समस्या देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। मृतक बालिका र उनका आमा बुबा तीनै जनाकाे स्वाब संकलन गरि आरटी, पीसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला धनगढी पठाइएको डा. विश्वकर्माले जनाएका छन ।

जिल्ला अस्पताल बाजुराकाे विज्ञप्ति

dpo

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments