करेन्ट लागेर एक युवककाे मृत्यु

शुक्रबार, जेष्ठ १६, २०७७



रुपन्देही । तिलोत्तमा नगरपालिका-९ बस्ने ४२ वर्षीय मान बहादुर थारुको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

सोही नगरपालिका-८ प्रदिपनगरस्थित बिद्युतको पोलमा मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments