मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहिबार, जेष्ठ ८, २०७७



बाँके । खजुरा गाउँपालिका-३ बिगाउँस्थित सडकमा भे.२ प ९०१० नम्बरको मोटरसाइकल बुधबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार १२ वर्षीय प्रतिक थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments