करेन्ट लागेर दुई जनाको मृत्यु

बुधबार, जेष्ठ ७, २०७७



सप्तरी । डाक्नेश्वरी नगरपालिका-१० बस्ने ३८ वर्षीय रंजित कुमार साहको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी खड्क नगरपालिका-१ सिस्वाबेल्हि बस्ने ३० वर्षीया वविता देवि मंडलको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा छिमेकीले खेतमा मोटर चालाउनको लागि लगेको विजुलीको तार काटिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments