करेन्ट लागेर एक युवककाे ज्यान गयाे

आइतवार, जेष्ठ ४, २०७७



कैलाली । जानकी गाउँपालिका-८ पालबजार बस्ने ३७ वर्षीय राम बहादुर शाहीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित जवलपुरबस्ने राजाराम चौधरीको ग्रिल उद्योगमा ट्याक्टरको ट्रली वेल्डिङ् गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments