पोखरीमा डुबेर दुई बालककाे मृत्यु

बिहिबार, जेष्ठ १, २०७७



काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-४ सन्डोलस्थित माछा पोखरीमा काम गर्ने उदयपुर घर भएकी उमा राईको १३ महिनाको छोरा साईम राईको उक्त माछा पोखरीमा बुधबार साँझ डुबेर मृत्यु भएको छ ।

साईमलाई पोखरीमा डिलमा सुताई उमाले काम गर्ने क्रममा अचानक पोखरीमा खस्न गई अशक्त भएकाले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

त्यस्तै धादिङ, धुनिवेशी नगरपालिका-८ कोईरालाटार बस्ने निराजन रेग्मीको १४ वर्षीय छोरा निश्चल रेग्मीको सोही ठाउँस्थित महेशखोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments