प्रहरी कार्यालय भित्रै प्रहरी जवान मृत भेटिए

बुधबार, बैशाख १७, २०७७



काठमाडौं । कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्।कैलालीको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत अबस्थामा भेटिएको हो।

मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments