करेन्ट लागेर ४० वर्षीय युवककाे मृत्यु

बुधबार, बैशाख १७, २०७७



कपिलवस्तु ।करेन्ट लागेर एक युवककाे ज्यान गएकाे छ । यशोधारा गाउँपालिका-६ रामपुर बस्ने ४० वर्षीया आरती चाईको करेण्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै गोठ अगाडि रहेको बिजुलीको पोलमा करेन्ट सर्ट भई पोलमा रहेको तार चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments