सेति नदिमा हाम फालेर एक जनाकाे मृत्यु

सोमवार, बैशाख १५, २०७७

- दिपकराज जाेशी



बझाङ । एक साताको अवधीमा बझाङको सेती नदिमा हाम फालेर दुई जनाकाे मृत्यु भएकाे छ ।

नदिमा हाम फालेर जयपृथ्वी नगरपालिका ७ का धौल्या महर बेपत्ता भएका छन। ६८ वर्षीय महरका लगाएका लुगा , मोबाईल, छाता सेति नदिको गज्जाडाको किनारामा फेला परेकाे थियाे । उनकाे खाेजी गर्दै जाँदा उनकाे शव सेति नदि को तमैल नजिक फेला परेकाे स्थानिय राम बहादुर महरले जानकारी दिए ।

दुई दिन अगाडि देखि महर घरबाट हराएका थिए  । चार दिन अगाडि ४० वर्षीया एक महिला पनि हाम फालेर वेपत्ता भएकि थिइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments