तीन बालकको डुबेर मृत्यु

शुक्रबार, बैशाख १२, २०७७



बाँके । बाँकेको बैजनाथ गाउँपालिका २, पितमारीस्थित नालामा तीन बालकको डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो पौडी खेल्न गएका तीनैजना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा  पितमारीकै १२ वर्षीय नरेश कुँवर, १२ वर्षीय नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ  । प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । रासस

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments