आगलागीमा परी छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु

सोमवार, चैत्र १७, २०७६



काठमाडौं । महोत्तरी, मनराशिश्वा नगरपालिका-४ जाउख बस्ने जुरी सहनीको छोरी १४ वर्षीयापुजा कुमारी सहनीको आगलागीमा जलेर आइतबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा खाना बनाउने क्रममा ग्याँस लिक भई एक्कासी आगो शरीरमा सल्किन गई गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै चितवनकाे माडी नगरपालिका-७ करही खोला नजिकै रहेको सुकुम्बासी टोल बस्ने राज कुमार चेपाङकी छोरी ९ वर्षीया रजिना चेपाङको आगलागीमा परी आइतबार दिउँसो मृत्यु भएको छ ।

घर नजिकै बालेको आगो सल्किन गई घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी रजिना चेपाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments