आइसोलेसनमा उपचारार्थ एक युवकको मृत्यु

मङ्लबार, चैत्र ११, २०७६



काठमाडौं । कोरोना भाइरसको आशंकामा आइसोलेसनमा रहेका एक युवकको ज्यान गएको छ ।

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत ३० वर्षीय युवकको मंगलबार बिहान ज्यान गएको स्वास्थ्यकर्मीले जनाएका छन । बीरगंञ्ज घर भएका ती युवकमा रुघाखोकी र ज्वरोको लक्षण देखा परेपछि कोरोना विशेष अस्पतालमा रिफर गरिएको जनाइएको छ ।

उनको मृत्यु कोरोनाको कारण हो या अन्य कारणले भएको हो भन्ने खुल्न सकिरहेको छैन । भरतपुर काेराेना विशेष अस्पतालले भने एक विज्ञप्ती निकाल्दै चैत ९ गते ज्वराे र निमाेनियाकाे कारणले वीरगंज्ज २२ का ३० वर्षीय सन्ताेष यादव राती १० बजे अस्पताल भर्ना भएकाे जनाएकाे छ ।

साथै उनी पहिले देखी लुपस भन्रे राेगले ग्रसित रहेकाे उल्लेख गरेकाे छ । बिरामीकाे नमूना १० गते नै काठमाडाै पुर्याएकाे र रिपाेर्ट अाउन बाँकि रहेकाे जनाएकाे छ ।

हेर्नुहाेस अस्पतालकाे विज्ञप्ती

corona

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments