जनकपुरमा थप चार जनाको शंकास्पद मृत्यु

आइतवार, चैत्र २, २०७६



काठमाडौं । गत बुधबार हाेलीकाे दिनमाा  विषाक्त मदिरा सेवनबाट ८ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै जनपुरमा थप चार जनाको शंकास्पद मृत्यु भएको छ ।  जनकपुरधाम उप-महानगरपालिका ७ जानकी चोकस्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुरधाम उप-महानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदा रहेका छन ।

सोही बस्तीका अन्य तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेण्डेन्ट डा. रामपरीक्षण यादवले  जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments