माटो खन्ने क्रममा ढुङ्गा खस्दा महिलाको ज्यान गयो

शुक्रबार, फाल्गुन ३०, २०७६



काठमाडौं । घर पोत्ने माटो खन्ने क्रममा माथिबाट ढुङ्गा खूदा एक महिलाको ज्यान गएको छ ।  शुक्रबार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुंगाले लाग्दा २३ वर्षीय आरती विकको घटनास्थलमै मृत्यु भएको हो ।

घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट आएको ढुंगाले लाग्दा सोही स्थानकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए । मृतक बिकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments