घरेलु मदिरा सेवनका कारण पाँच जनाको मृत्यु

शुक्रबार, फाल्गुन ३०, २०७६



काठमाडौं । घरेलु मदिरा सेवनका कारण पाँच जनाको मृत्यु भएको छ ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको हो।

 मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले  जनाएकाे छ । होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेका उनीहरुको मृत्यु भएको हाे ।

उनीहरुको शव परिक्षणका लागि प्रहरीले प्रादेशीक अस्पतलामा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments