माईतीघरबाट घर फर्कने क्रममा भिरबाट खसेर एक महिलाकाे मृत्यु

मङ्लबार, बैशाख ३०, २०७७



बैतडी । सिगास गाउँपालिका-९ बस्ने ३० वर्षीया कलावती धामीको सोही ठाउँ लिपुणखोलास्थित भिरबाट करिब १ सय मिटर तल खसेर मृत्यु भएको छ ।

सोही गाउँपालिका-८ लिपुणस्थित माईतीघरबाट घर फर्कने क्रममा भिरबाट खसेको भन्ने खबर प्राप्त भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments