अछाममा एक कैदि बन्दीको निधन

मङ्लबार, फाल्गुन ६, २०७६



काठमाडौं । अछाममा एक कैदी बन्दिको निधन भएको छ । कर्तव्य ज्यानको अभियोगमा कैद भुक्तान गरिरहेका पञ्चदेवल नगरपालिका–६ तोलिका ४२ वर्षका जितेन्द्र बिक सुतेकै अवस्थामा मृत भेटिएका हुन।

बिक २०६६ भाद्र महिनामा कर्तव्य ज्यान मुद्धामा जेल चलान भएका थिए । १० वर्ष ६ महिना जेल सजाय भोगेका विक जेल मुक्त हुने अवस्थामा रहेका थिए। उनलाई जेलमुत्त गराउन सिफारिस भइरहेका बेला मंगलबार बिहान मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । बिकको के कति कारणले मृत्यु भएको हो भन्ने बारेमा  पोष्टमाटम रिर्पोटपछि मात्र भन्न सकिने प्रहरी नायव उपरीक्षक भारतीको भनाइ छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments