पूर्व सचिव कार्की पत्नीकाे उपचारको क्रममा मृत्यु

सोमवार, माघ २७, २०७६



काठमाडौं । पूर्व सचिव अर्जुन कार्की मुना कार्कीको उपचारको क्रममा निधन भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर दुईमा अचेत अवस्थामा फेला परेकी कार्कीकाे श्रीमती मुना कार्कीको उपचारको क्रममा ज्यान गएको जनाइएको छ ।

टाउकोमा गम्भीर चोट लागेकी कार्कीको उपचारको लागि सानेपामा स्थित स्टार अस्पताल लगिएको थियो ।  सोमबार विहान पूर्व सचिव कार्कीको घरमा कामदार झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको बारेमा थप अनसन्धान भइरहको प्रहरीले जनाएको छ ।

पूर्व सचिव कार्कीको घरमा कामदार झुण्डिएको अवस्थामा फेला, श्रीमती गम्भीर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments