बोराले च्यापिएर एकै परिवारका चार भारतीयको मृत्यु

बिहिबार, माघ १६, २०७६



रुपन्देही । बोराले च्यापिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । सटर भित्रका तीन बोराको चाङले च्यापिएर भारत बिहारका-३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती- २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।

बोराले थिच्दा उनीहरुको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परिक्षणका लागि अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments