जीम सेन्टरमा निस्सासिएर एक दम्पतीको मृत्यु

बिहिबार, माघ १६, २०७६



काठमाडौं । गए राती सातदोबाटो स्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्र कुमारी पुनको निधन भएको छ ।

पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव समेत रहेका हस्तकुमार  दम्पती  जीम सेन्टरमा साउना (तातो पानीको वाफ लिने कोठा) मा निसास्सिएर उनीहरुको मृत्यु भएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिइन । एसपी सिंहका अनुसार,  ‘वाफ लिन पसेका दम्पत्ति लामो समयसम्म ननिस्किएपछि ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला परेका थिए ।

उनीहरु नियमति जीमका लागि त्यहाँ जाने गरेको बताइएको छ । अक्सिजनको अभावका कारण उनीहरुको ज्यान गएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments