धादिङमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

बुधबार, माघ ८, २०७६



फायल तस्वीर

काठमाडौं । धादिङमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झडप भएको थियो । मंगलबार राती स्थानिय युवाहरुबीच झडप भएको स्थानियले जनाएका छन ।

झडपमा परि स्थानीय शान्त तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।झडपमा परी गम्भीर घाइते भएका रविन तामाङलाइ जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि बुधबार काठमाडौं पठाइएको छ ।  स्थानीय गुराँस युवा क्लबले फुटबल आयोजना गरेको थियो भने बुधबारको लागि फाइनल खेल तय भएको थियो । उक्त फुट‍बल खेलका खेलाडी र रेफ्रिबीच झडप भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङमा प्रमुख रविन्द्र रेग्मीका अनुसार दुई समुहबीचको पुरानो आपसी विवादको कारण झडप भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाए पनि घटनाको विस्तृत अध्ययन भइरहेको छ । घटना लगत्तै प्रहरी प्रमुख रेग्मी सहितको टोली राती नै घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments