दामनको रिसोर्टमा एक भारतीयको मृत्यु, ७ जना बेहोस

मङ्लबार, माघ ७, २०७६



मकवानपुर । मकवानपुर जिल्लाको पर्यटकीय क्षेत्र दामनमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने थप ७ जना बेहोस भएका छन् ।

मंगलबार बिहान थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका थिए । ‘एक जनाको मृत्यु भइसकेको छ। पाँच जनालाई उपचारका लागि काठमाडौं लगिएको छ,’ प्रहरी निरीक्षक ललन कुर्मीले बताए ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले उनीहरू ग्यास हिटर बालेर सुतेको र भेन्टिलेसन पनि नभएकाले निसास्सिएको उनको मृत्यु भएको हुनसक्ने  बताए ।

१५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए । एक कोठामा ८ र अर्कोमा ७ जना सुतेका थिए। अर्को कोठामा रहेका भारतीयलाई भने केही भएको छैन ।

काठमाडौं ल्याइएका पाँच जनाको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ  ।

भर्खरै प्राप्त जानकारी अनुसार बेहोस भएका सबैको उपचारको क्रममा मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments