पानीको खाल्डोमा डुबेर एक जनाको ज्यान गयो

सोमवार, माघ ६, २०७६



मोरङ । पानीको खाल्डोमा डुबेर मोरङको ग्रामथान गाउँपालिकामा सोमबार बिहान एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी गाउँपालिका ७ का ४५ वर्षीय विकास सरदार रहेको प्रहरीले जनाएको छ ।

आइतबार राती घर नफर्किएपछि खोजी गर्ने क्रममा आफन्त र परिवारका सदस्यले सोमबार बिहान उनलाई ग्रामथान ३ स्थित कलर माझीको खेतमा रहेको खाल्टोमा जमेको पानीमा डुबेर मृत्य अवस्थामा फेला शब फेला परेको थियो । उनको शब फेला परेलगत्तै आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments