डोजरमाथि ढिस्को खस्दा चालकको ज्यान गयो

आइतवार, पुस १३, २०७६



काठमाडौं । डोजर माथि ढिस्को खस्दा रोल्पामा डोजरचालकको ज्यान गएको छ ।  सडक खन्दै गरेको डाेजर माथि ढिस्को खस्दा आइतबार ४८ वर्षका चालक हेमेन्द्र नगरकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा सडक खन्दै गरेको अवस्थामा डोजर माथि ढिस्को खसेको थियाे। ढिस्कोले पुरिएर घाइते भएका नगरकोटीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । झिम्रुक गाउँपालिका–६ प्यूठानका चालक नगरकोटी राजबीर निर्माण सेवा अन्तरगत सडक खन्दै आएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments