पाँचतले होटलको छतबाट खसेर एक युवाको मृत्यु

मङ्लबार, कार्तिक १२, २०७६



महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरमा पाँच तले होटलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । महेन्द्रनगर स्थित पुष्पाञ्जली होटलको पाचौँ तलाबाट खसेर भीमदत्त नगरपालिका वडा नम्बर ४ भासीका २२ वर्षीय अजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार, साथीहरुसंग मदिरा सेवन गरेका चौधरीको पाँच तलाबाट खसेर मृत्यु भएको जानकारी दिए । चौधरीको सोमबार राति साढे १० बजे मृत्यु भएको हो। उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata