भाइरल ज्वरोले १४ वर्षीया बालिकाको मृत्यु

सोमवार, भदौ २३, २०७६



जाजरकोट । भाइरल ज्वरोका कारण जाजरकोटमा १४ वर्षीया बालिकाको निधन भएको छ ।

भाइरल ज्वरोका कारण जाजरकोट बारेकोट गाउपालिका ६, ताँसीधुमकी १४ बर्षीया आशा विक रहेकी छिन ।

जाजरकोट जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागि नेपालगंज तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक बालिका एक सातासम्म भाइरल ज्वरोबाट पिडित बनेकी थिइन् ।

बालिकाको ६ दिनसम्म जाजरकोट अस्पतालमा उपचार गरिएको थियो । जिल्लाको भेरी नगरपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका, नलगाड नगरपालिका लगायतका स्थानमा भाइरल ज्वरोका विरामी रहेका छन् ।

दैनिक १ सय ५० बढी भाइरलका विरामी स्वास्थ्यकर्मीले जनाएका छन । उपचारमा आउने अधिकांस बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र खोकी लाग्ने समस्या छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata