पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

सोमवार, भदौ २३, २०७६



महोत्तरी । पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । पोखरीमा डुबेर सोमबार दुई बालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका ३ मलिवाराका १२ वर्षीयको रोहित साह र वलवा नगरपालिका ७ का ४ वर्षीय रुपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नुहाउने क्रममा उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata