भीरबाट लडेर एक जनाको मृत्यु

मङ्लबार, भदौ १०, २०७६



बैतडी । भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडका २६ बर्षीय दामोदर जोशी रहेका छन ।

सिद्धनाथ मन्दिरमा लागेको गौरा मेला हेरेर घर फर्कने क्रममा जोशी भीरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते जोशीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा साेमबार राती बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata