करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

शुक्रबार, साउन ३१, २०७६



पर्वत । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । पर्वतको महाशिला गाउँपालिका–४ पाखापानीमा करेण्ट लागेर दुई जनाको ज्यान मृत्यु भएको हो ।

शुक्रबार बिहान १० बजे विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागेर स्थानीय भरत क्षेत्री घाइते भएका छन ।

महाशिला गाउँपालिका–४ पाखापानीमा फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata