माछा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

आइतवार, साउन २६, २०७६



काठमाडौं । झापामा एक  १२ वर्षीय बालकको डुबेर ज्यान गएको छ । झापा भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको हो ।

विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata