रंगशालामा भागदौड १७ जनाको मृत्यु

शनिबार, माघ २९, २०७३

एजेन्सी । फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो । अंगोलामा एक उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।

भागदौडमा केही व्यक्ति पछारिएको र त्यहीमाथि अरु मानिसले कुल्चिँदा उनीहरुको मृत्यु भएको वीवीसीले जनाएको छ । घाइते भएका केही मानिसको अवस्थामा चिन्ताजनकन भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

८ हजार व्यक्ति अटाउने क्षमताको उक्त रंगशालामा भीड बढेपछि उक्त घटना भएको हो ।९एजेन्सी०

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank