निर्माणाधीन पार्कको छत खस्दा २ जनाको मृत्यु

सोमवार, साउन ६, २०७६



पाँचधर । निर्माणाधीन पार्कको छत खस्दा पाँचथरमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–७ टारी भन्ने स्थानमा निर्माणाधीन यलम्बर पार्कको छत खस्दा दुई जनाको मृत्यु भएको हो ।

सोमबार बिहान ८ बजेको समयमा पार्कको छत खस्दा ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
छतले किचेर वीरबहादुर राई घाइते भएका छन् ।

पार्कको ढलान सकेर काठ निकाल्ने क्रममा छत झरेर किच्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata