विषालु निउरो खाँदा छोराछोरीको मृत्यु,आमाको अवस्था गम्भीर

सोमवार, असार ३०, २०७६



अछाम । अछाममा जंगली निउरो खाँदा छोरा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर विरामी परेकी छिन ।

विषालु निउरो खाँदा रामारोशन गाउँपालिका वडा नम्बर ५ का ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको जनाएको छ ।

मृतककी ३१ वर्षीया आमा नरपता बोहराका अनुसार शुक्रबार बिहान निउरो खाएपछि बान्ता हुने लगाएतको समस्या देखिएको थियो । उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata