अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो

क्षतिकाे विवरण सहित

सोमवार, असार ३०, २०७६



काठमाडौं । गत असार २४ गते देखी परेको अविरल वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

अविरल वर्षासँगै आएको बाढीमा परि हाल सम्म ६५ जनाको ज्यान जानुका साथै ३८ जना घाइते भएका छन । मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

बाढीमा परि ३८ जना घाईते भएका छन । घाइते मध्य १७ महिला र २१ जना पुरुष रहेको छन भने  ३० जना बेपत्ता भएका छन । जसमध्ये १२ महिला र १८ पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ । वाढीमा फसेका १४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिव १५ हजार जवान उद्धारका लागि खटिएका छन ।

प्रहरीका अनुसार देशभर भएको क्षतिको विवरण यस्ताे छ

deth

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata