सेफ्टी ट्याङकी सफा गर्ने क्रममा चार जना मजदुरको मृत्यु

आइतवार, असार १५, २०७६



मोरङ । सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चार जना मजदुरको मृत्यु भएको छ ।

सुनवर्सि नगरपालिका ९ स्थित मुस्लिम बस्तीमा रहेको मर्कज मस्जिदको सेफ्टी ट्याङकी खोल्ने क्रममा स्थानीय चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मृत्यु हुनेमा सुनवर्सि ९ का ६० वर्षीय मोहमद कपिल मियाँ, १९ वर्षीय सहनवज आलम, २२ वर्षीय वसिक आलम, २५ वर्षीय फिरोज आलम रहेका छन् ।

दाउत मियाँ बिरामी भएकाले रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सेफ्टीट्यांकीमा निस्सासिएर अचेत ४ जनाको उचित उपचारको अभावमा ज्यान गएको गुनासो मृतकका आफन्तले गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata