विषालु च्याउ खाएर मर्नेको संख्या ६ पुग्यो

शुक्रबार, जेष्ठ ३१, २०७६



काठमाडौं । विषालु च्याउ खाँदा पाल्पामा एकै परिवारका चार दिदीबहिनी सहित ६ जनाको निधन भएको छ । गत शुक्रबार विषालु च्याउ खाएर उपचारका क्रममा दुई जनाको उपचारका क्रममा पूरानो चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

विषालु च्याउ खाएर विरामी भएका ११ जना बिरामी भएका थिए । उपचारका क्रमामा काठमाडौं स्थित टिचिङ अस्पतालमा तीन जनाको गए राती निधन भएको छ ।  मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी र ६ वर्षीय सुमन सिंह ठकुरीको निधन भएको हो ।

निशा र सुमन कान्छा बुबा र ठूलाबुबाका छोराछोरी हुन् । दुई दिनअघि १४ वर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

मृतक ६ जनामध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata