पत्थरीको अपरेशन गर्दा आन्द्रा छेडियाे, बिरामीको मृत्यु

अस्पतालमा तनाव

बिहिबार, जेष्ठ ३०, २०७६



काठमाडौं । पित्तथैलीमा भएकाे  पत्थरीको अपरेशन गर्ने क्रममा काठमाडौं स्थित ओम अस्पतालमा बिरामीको आन्द्रा छेडिएर मृत्यु भएको छ ।

पित्तथैलीमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको अपरेशन गरेको ६ दिनपछि बिहीबार मृत्यु भएको हो ।  ओम अस्पतालमा कार्यरत चिकित्सकको गम्भीर बिरामीकाे निधन भएकाे आफन्तले आरोप लगाएका छन । अप्रेसनमा चिकित्सकले बिरामीकाे  सानो आन्द्रा काट्दा बिरामीको मृत्यु भएको  मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

बिरामीको मृत्युसँगै  आफन्तले अस्पलात घेराउ गरेका छन । मृतकका आफन्तले अस्पतालमा परिसरमा नाराबाजी गरिरहेका छन ।थापाको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. केपी देवकोटाले उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गरेको छन् । उनले भने, ‘उहाँको केस पहिलेदेखि नै कम्प्लिकेटेड थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata