घाँस काट्न गएकी युवतीको भीरबाट लडेर मृत्यु

मङ्लबार, जेष्ठ २१, २०७६



जाजरकोट । घाँस काट्न गएकी युवतीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका-८ लैखमकी ३८ वर्षीया गीता कुमारी खत्री रहेकी छिन् ।
उनी घाँस काट्न गएको बेला रापानीको भीरबाट दुई सय मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन् । छाती र टाउकोमा चोट लागेर गम्भीर भएकी खत्रीको उपचारका क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata