खाल्डोमा पुरिएर दुई मजदुरको मृत्यु

मङ्लबार, जेष्ठ १४, २०७६



वीरगञ्ज । घरको जगका लागि खनिएको खाल्डोमा पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा हुनेमा बारा विश्रामपुर गाउँपालिका-५ इटियाही घर भएका ५० वर्षीय दशरथ पण्डित र  परवानिपुर गाउँपालिका- ४ चैनपुर घर भएका ५० वर्षीय जवाहिर रहेका छन् ।

 वीरगन्ज महानगरपालिका-१४ बाइपासस्थित राजाराम जलानको घर निर्माणका क्रममा जगका लागि खनिएको खाल्डोमा काम गरिरहेकै बेला माथिबाट आएको माटोले पुरिएर उनीहरुको घाइते भएका थिए ।

दशरथको तराई अस्पतालमा र जवाहीरको गण्डक हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata