घरभित्र ७० वर्षीया बृद्धा मृत भेटिइन्, हजुरबा र नाति गम्भीर अवस्थामा

आइतवार, जेष्ठ १२, २०७६



दार्चुला । दार्चुलामा आफ्नै घरभित्र एक बृद्धा मृत अवस्थामा फेला परेकी छिन् । महाकाली नगरपालिका-३ काटैकी करिब ७० वर्षीया वृद्धा मृत अवस्थामा भेटिएकी हुन् ।

शनिबार रातीसँगै सुतिरहेका बृद्धाका श्रीमान् र नाति गम्भिर अवस्थामा भेटिएपछि हत्याको आशंका गरिएको छ । स्थानीय राजेन्द्रप्रसाद जोशीका अनुसार ७० वर्षीया द्रोपती महरा घरमा मृत अवस्थामा भेटिएकी र उनका ७५ वर्षीय श्रीमान् वीरभान महरा र १४ वर्षीय नाति लोकेश घाइते अवस्थामा घरभित्रै भेटिएका छन्।

विहान अबेरसम्म घरको ढोका नखुल्दा स्थानीयहरुले ढाेका फुटाएर घरभित्र हेर्दा बृद्धा मृत, श्रीमान र नाति घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घाइतेहरुको प्रहरीको सहयोगमा उपचारका लागि अस्पताल लगिएको स्थानीयले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank