पाँचथर हत्याकाण्ड नजिकै भान्जाको शव झुण्डिएको अवस्थामा फेला

मङ्लबार, जेष्ठ ७, २०७६



काठमाडौं । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको छ ।

त्यस्तै घटना स्थल नजिकै रुखमा झुण्डिएको अबस्थामा एक शव फेला परेको छ । घटनास्थलबाट केही किलोमिटर पर मिक्लाजुङ ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।

रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर ती युवक घटनामा मारिएका धनराज शेर्माका भान्जा हुन् ।  विभत्स हत्याको छानबिन गर्न तालिमप्राप्त कुकुरसहित ५० जना प्रहरीको टोली घटना स्थलमा पुगेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो , संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय इलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगेको नेपाली प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरलाई पनि खटाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank