बिसालु च्याउ खाँदा तीनको मृत्यु

सोमवार, जेष्ठ ६, २०७६



काठमाडौं । लम्जुङमा बिसालु च्याउ खाँदा एकै घरका दुई सहित तीन जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो ।

गत बैशाख २७ गते शुक्रबार जंगली च्याउ खाँदा विरामी परेका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । गण्डकी मेडिकल कलेजमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि काठमाडौं नेशनल अस्पताल रिफर गरिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुरलाई बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो ।

उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पताल र साजनको गाउँमै मृत्यु भएको क्व्हालासोंथर गाउँपालिका ९ गिलुङका वडाध्यक्ष नन्दजङ गुरुङले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank