कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय नागरिकको मृत्यु

बिहिबार, जेष्ठ २, २०७६



काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय नागरिकको आरोहरणका क्रममा मृत्यु भएको छ ।

८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा मुख्य शिविरमा पुगेर फर्कने क्रममा पश्चिम बंगालका ४६ वर्षीय कुन्तल कार्नार र ४८ वर्षीय विप्लव वैद्यको मृत्यु भएको हो ।

त्यस्तै आरोहणका क्रममा चिप्लिएर एक जना सम्पर्क विहीन भएका छन् । उनको खोजी कार्य भैरहेको आरोहणको जिम्मा लिएको पिक प्रमोशन कम्पनीु का प्रबन्ध निर्देशक केशव पौडेलले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata