वरिष्ठ पत्रकार श्रेष्ठको ६० वर्षको उमेरमा निधन

बुधबार, बैशाख ४, २०७६



काठमाडौं । वरिष्ट पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । नेपाल समाचार पत्रका प्रधान सम्पादक श्रेष्ठको बुधबार बिहान ६० वर्षको उमेरमा  नर्भिक अस्पतालमा  निधन भएको हो । मृर्गौलाको र नाक शल्यक्रिया गरेका श्रेष्ठको भारतको मेदान्त र राजधानीका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

जिबिएस भाइरसबाट ग्रसित श्रेष्ठको नेपाली पत्रकारीताका क्षेत्रमा करिब तीन दशक देखि सक्रिय रहेका थिए । उनको निधनले नेपाली पत्रकारीता क्षेत्रमा ठूलो क्षती पुगेको जनाइएको छ ।  उनको पार्थिक शरिरलाई एक बजे देखी तीन बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि भूगोल पार्कमा राखिने भएको छ । उनको आज नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने उनका आफन्तले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank